गायक पदमको ‘बाटो घुमाउरो’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक पदम राईले नयाँ गीत सार्वजनिक गरेका छन। बिहिबार राजधानीमा एक कार्यक्रम माझ उनले ‘बाटो घुमाउरो’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा पदमलाई गायिका अन्जु पन्तले साथ दिएकि छिन। डान्सिङ्ग बिटको गीतमा पदम स्वयमले पनि अभिनय गरेका छन।  उनलाई अभिनयमा मोडल एलिसा राईले साथ दिएकी छिन। पदम र एलिसाका अलावा गीतमा सरोज प्रजा, बिना राउत, सुरेश देवल, प्रिन्शिका श्रेष्ठको पनि अभिनय रहेको छ।

दीपक शर्माको शब्द संगीत, नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ्ग मास्टररिङ्ग, भुवन गर्न्दर्वको ढोलक तबला रहेको गीतको भिडियो निकै नै रमाईलो बनेको छ।

गीतको भिडियोको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन्। प्रशान्त मगरको सह निर्देशन रहेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन्। गीतमा रेनिश फागोले कलर करेक्सन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्