‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ: फिल्म ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । निर्माण टिमले फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै रिलिज डेट पनि घोषणा गरेको हो। अब भने फिल्म आगामी माघ २६ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।

अभिमन्युले यसै फिल्मबाट नेपाली सिने नगरीमा डेब्यु गरेका हुन्।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित स्वयंको फिल्ममा पटकथा लेखन रहेको छ ।

दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा अभिमन्यु र जसिताका साथै सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा फिल्मको छायांकन सुरु भएको थियो । फिल्मको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’  निर्माण गरिसकेको छ भने नयाँ फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनी विदेशी फिल्म वितरणमा पनि संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्