‘परदेशी छुकछुके रेलैमा…’मा प्रकाश र केकीको नोकझोक



रंगखबर, काठमाडौँ: नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
फिल्ममा समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो ।
केही दिन अगाडि सार्वजनिक ‘हिजो काम…’लाई स्रोता दर्शकले रुचाएपछि निर्माण टिमले यो झ्याउरे गीत सार्वजनिक गरेको हो ।

यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।

September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930

भिडियोमा फिल्ममा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।
भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।

नेपाली फिल्ममा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ ।

‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । फिल्मको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित फिल्म सेन्सर पास भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्