भारतीय गायक रितो रिबा नेपाल आउने



रंगखबर, काठमाडौँ: भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्र्सटका लागि रिबा नेपाल आउने भएका हुन् ।

२७ गते काठमाडौँमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुति रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताए ।
लाइभ कन्सर्टमा सहभागीका लागि ७ बजेदेखि नै खुल्ला गरिने छ । रिबा १० बजे स्टेज चडने आयोजकले जनाएको छ ।

लाइभ कन्सर्टमा प्रवेशका लागि १५ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम संयोजक बस्यालले जानकारी दिए । टिकट अनलाइन बुकिङ्ख मार्फत गरिने उनले बताए ।

केहि समयअघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ । जजहरुको रिजेक्ट पछि नै उनको भाग्य चम्किएको छ ।

रितो रिबाको ‘तू मेरी हीर’ मिलिएन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना गी क्या चर्चामा रहेका छन् । रिबाले भारतमा सांगितिक क्षेत्रमा धमका मच्चाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका समेत छन् । भारतमा सयौँ सांगितिक कार्यक्रम सम्पन्न गरिरहेका छन् ।

फरेनहाइट संचालक मिलानो श्रेष्ठले यस अघि पनि धेरै बिदेशी कलाकारलाई नेपाल ल्याएर कार्यक्रम गरेका छन् । उनले नेपाली कलाकारलाई पनि कार्यक्रममा उतिकै स्थान दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्