किरण गजमेरको ‘अजात’ सार्वजनिक



रंगखबर, काठमाडौँ: भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरको आवाजमा रहेको नयाँ गीत ‘अजात’ सार्वजनिक भएको छ। विकु दादाको शब्द रहेको गीतमा किरणको नै संगीत रहेको छ।

प्रेममा न उमेर न जातले छेक्छ भन्ने संदेश बोकेको पूर्वेली भाकाको भिडियोलाई मौशम हिमालीले निर्देशन गरेका छन् । मौसमको नै कोरियोग्राफी रहेको भिडियोमा किरण गजमेर र विम्बु मगर फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्