‘फर्की फर्की’को शुभ मुर्हत, ११ गतेबाट फ्लोरमा



रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’को शुभ साईत गरिएको छ। ललितपुरको बंगलामुखी माई मन्दिरमा आज बिहानै फिल्मको शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे ।

फिल्मको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

रोहित अधिकारी र ओम अग्रवालको लगानी रहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन। फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।

अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ । फर्की फर्कीबाट रवि काफ्ले र समृद्धी अर्यालले फिल्म क्षेत्रमा नायक–नायिकाको रुपमा डेब्यू गर्दैछन् ।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भैसकेको छ । फिल्म ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । फिल्ममा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्