‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा, अर्को बर्ष भदौमा रिलिज हुने



रंगखबर, काठमाडौँ:  शंकर घिमिरेको लेखन तथा निर्देशन रहने फिल्म ‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा भएसँगै रिलिज डेटपनि तय भएको छ। फिल्ममा  विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ। फिल्म नेपालसहित डायस्पोरामा अर्को बर्षको भदौ २८ गते देखि एकसाथ रिलिज हुने भएको छ।

फिल्मलाई विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईंले निर्माण गर्न लागेका हुन्। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको फिल्म चैतको दोश्रो साताबाट फ्लोरमा जाने जानकारी निर्माण टिमले दिएको छ।

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  

‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्