आँचलको ‘हिटम्यान’ टिजर सार्वजनिक



रंगखबर, काठमाडौ: नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने फिल्मको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने फिल्मका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । फिल्म नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।
पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । फिल्मको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए ।

यो फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । फिल्मले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।

आँचलले तेलुगू फिल्म भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।

99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको फिल्ममा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्