‘बरिष्ट बलराम’ हरितालिका तिजबाट प्रदर्शन हुने



रंगखबर, काठमाडौँ: अभिनेता दिलिप रायमाझीको छोरी दिभ्या रायमाझीको डेब्यु फिल्म ‘बरिष्ट बलराम’को प्रदर्शन मिति तय गरिएको छ। रोहित अधिकारी फिल्म्सको प्रस्तुति तथा ओ. एस. आर. डिजिटलको सहकार्यमा बन्ने फिल्म अब आउँदो २०८१ सालको हरितालिका तिजबाट देशभर प्रदर्शन हुने भएको छ।  फिल्ममा अभिनेता खगेन्द्र लामिछाने यसअघि नै फाईनल भएका छन भने अब अभिनेता दयाहाङ राईको पनि फिल्ममा इन्ट्री भएको छ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवाल निर्माताको रुपमा रहेका छन भने सह निर्मातामा रामु पाण्डे र मनोज ओली रहेका छन। फिल्ममा सुजन चापागाईंको संगीत रहनेछ। खगेन्द्र लामिछानेकै लेखन रहेको फिल्ममा मुख्य सहायक निर्देशकक रुपमा तारानाथ न्यौपाने रहेका छन। नरेन्द्र मैनालीले खिच्ने फिल्मको वितरण भने उपत्यकाकालागि डी सी एन र उपत्यका बाहिरकालागि कुबेर फिल्म्सले गर्नेछ। फिल्मको अन्तराष्ट्रिय वितरण भने एम एस एम इन्टरटेनमेन्टले गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्