प्रवीण र समीक्षाको ‘मलाई तिम्रो मुटु सरी’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ ।

गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ ।

निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाका मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस्