कान्तिपुर सिनेमाजमा ब्रह्माण्ड



रंगखबर, काठमाडौँ: टोपी स्टुडियोज पोखरा र कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौले निर्माण गरेको सिरीज “ब्रह्माण्ड”को आज पुस १ गतेबाट च्याप्टर वाईज स्ट्रिमीङ्ग सुरु भएको हो ।

उक्त सिरीजमा पछील्लो समय अभिनय कौशलताका कारण अत्यधीत रुचाइएका कलाकार अर्पण थापाको मुख्य भुमीका छ । ब्रह्माण्ड अर्पणको डेब्यु सिरीज हो । अर्पणसँगै सिरीजमा सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी सुरज बिष्ट लगायतको अभिनय रहेको छ भने संजय ढुंगाना र सुप्रज्ञा शर्माले यस सिरीजबाट डेब्यु गर्दैछन ।

मीलोथोली ड्रामा जनरामा बनेको ब्रह्माण्डलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन भने यसका ईडिटर फिल्म निर्देशक समेत रहेका सुरेन्द्र पौडेल हुन् । सागरराज आचार्य र प्रकाश पुरीले मीलेर बनाएको यस सिरीजलाई रियाज नाटक्कारले लेखन तथा निर्देशन गरेका हुन् । यस सिरीज कान्तिपुर सिनेमाजको ओटीटी प्लाटफर्ममा माशिक २९९ रुपैँया तिरेर विश्व भरिबाट हेर्न मील्नेछ । एक पटक सब्स्क्रीप्सन शुल्क तिरेपछी दर्शकले उक्त प्लाटफर्ममा भएको सम्पुर्ण कन्टेन्टहरु हेर्न पाउनेछन ।

हाल कान्तिपुर सिनेमाज ज्याकी I Am 21, जुलेवी, म, चि मुसी चि, खरानी, मदर, मुखीया, ऋतु लगायत फिल्महरु र मीस स्कार्लेट, लभ सुत्र, ब्रह्माण्ड लगायत सिरीजहरु स्ट्रिीमीङ्ग भईरहेको छ । हाललाई कान्तिपुर सिनेमाज प्ले स्टोर, वेभ ब्राउजर र स्मार्ट टिभीमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्