‘म उठ्छु’ सार्वजनिक



रंगखबर, काठमाडौँ: नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत तयार भएको छ । यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ ।

सार्वजनिक यो गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । क्लेरियन्स नेपाल नामक ब्याण्डले यो गीत बजारमा ल्याएको हो ।

ब्यान्डमा चार जना सदस्यहरु छन् । प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ । गीतको भिडियोमा मोडल साक्षी लम्साललाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्