नीताको ‘ह्रस्व दीर्घ’मा संचिता देखि प्रशान्तको प्रवेश



रंगखबर, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । फिल्ममा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

हाल फिल्मको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । फिल्ममा नीता ढुँगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

चन्द्र पन्त सिनेमाका निर्देशक हुन् । चार सेड्यूलमा छायाँकन हुने फिल्मको भारतका विभिन्न शहरहरुमा हुने छायाँकन सकिएको छ भने हाल नेपालमा छायाँकन भइरहेको छ । फिल्मको काम गर्न यसमा अनुबन्धित भएका भारतीय कलाकार केही दिनमा नेपाल आउँदैछन् ।

फिल्मलाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने फिल्म ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्