‘गाउँ नै रमाइलो’ बन्ने, दयाहाङ र आर्यन मुख्य भूमिकामा



रंगखबर, काठमाडौँ: फिल्म ‘गाउँ नै रमाइलो’ बन्ने भएको छ। ‘नाङ्गो गाउँ’ सुपर हिट भएपछि फिल्मका निर्माता हिमाला कडरियाले उक्त फिल्मको घोषणा गरेका हुन्। फिल्ममा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देल मुख्य भूमिकामा रहनेछन। दिनेश राउतले निर्देशन गर्न लागेको फिल्ममा विकास सुबेदीको लेखन रहनेछ। निर्माण टिमले दिएको जानकारी अनुसार निर्देशक राउतले फिल्म ‘पुजार सार्की’को छायांकन सके लगत्तै ‘गाउँ नै रमाइलो’लाई एक्सन कट गर्नेछन।

हुन त आर्यन र दयाले यस अघि ब्लकबस्टर फिल्म मेरो एउटा साथी छ मा सँगै स्क्रिन सेयर गरिसकेका छन।  उक्त फिल्ममा दया भने सहायक भूमिकामा थिए भए आर्यनलाई लिडमा देखिएको थियो। यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ ।

फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ ।

फिल्मका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो बर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ ।

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्