‘रक्तबीज’को घोषणा, सौगात र प्रमोद मुख्य भूमिकामा



रंगखबर, काठमाडौँ: फिल्म ‘रक्तबीज’ बन्ने भएको छ। संजय न्यौपानेले फिल्मको निर्माण गर्ने भएका हुन्।  प्रदिप भारद्वाजलाई कथा, पटकथा तथा संवाद लेखकको रुपमा अनुबन्धित गराउदै उनले फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा फिल्म निर्माण गरेका थिए । उनले यसै फिल्मबाट नेपाली सिने नगरीमा डेब्यु पनि गरेका थिए।

संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माता खतिवडाले राम्रो टिम र स्कृप्ट भएकाले फिल्ममा लगानी गर्न तयार भएको बताए ।

अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । यो फिल्मको मुख्य अभिनेत्री लगायत मुख्य भुमिकामा काम गर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ ।

फिल्म डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने सिनेमालाई सौरभ लामाले खिच्नेछन् । सिनेमाको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्