‘महाजात्रा’ फर्स्टलुक्स पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ: ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलता पछि निर्देशक प्रदिप भट्टराई निर्देशित जात्राको तेश्रो सिक्वेल ‘महाजात्रा’ फर्स्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य, बिपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई प्रस्तुत गरिएको छ। ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिका देखिदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका छन् । उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको संकेत पोस्टरले गरेको छ ।

आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको फिल्म षट्कोण आट्र्सको ब्यानरमा निर्मित तेश्रो भेन्चर हो।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्