‘अगस्त्य’ बाट सौगातको क्यारेक्टर लूक्स रिलिज, फिल्म फागुन १८ बाट देशभर



रंगखबर, काठमाडौँ: फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’बाट अभिनेता सौगात मल्लको फिल्ममा समावेश लुक सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट लक गरेका छन। अब भने फिल्म फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज हुनेछ।

फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन देख्न सकिन्छ । अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ । यी दुबै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । फिल्मका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट छल्किएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सौगातका साथै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा संजय लामाको छायांकन छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको  फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्