गायक प्रमोद खरेल ‘द क्लिफ’मा रमाउदै



रंगखबर, काठमाडौँ: लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब ‘द क्लिफ’ मा स्काई क्याफेको मज्जा लिएका छन् ।

कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार ‘एड्भेञ्चर ब्रेकफास्ट’ गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ । सोही डोरीमा घिर्नीका माध्यमबाट टेवल झुन्ड्याइएको छ । क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडियो प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन् ।

गायक खरेलले स्काई क्याफेका साथै कुष्मामा स्काई चेयरमा समेत मज्जा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्