‘तिमी छौ र मेरो मुटू चलेको’ भन्दै आर्यन र केकी



रंगखबर, काठमाडौँ: आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटू चलेको’ बोलको गीत सार्वजनिक भएको हो ।
मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ । गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए । ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ । त्यसैले भिडियोमा पनि दुई प्रेमी/प्रेमिकाको प्रेमलाई देखाइएको छ,’मञ्जिलले भने । मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ, अनिल रानाको सम्पादन छ । हिमाल श्रेष्ठले खिचेकाे गीतको भिडियो निर्देशन बादल लिम्बूले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्