कस्तो होला ‘खजुरे ब्रो’मा नीति र रियरको जोडी



रंगखबर, काठमाडौँ: केहि दिन अघि छायांकन सुरु गरिएको फिल्म खजुरे ब्रोको औपचारिक घोषणा गरिएको छ। कमेडी जनरामा बन्न लागेको फिल्म  ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको निर्माण टिमले जानेको छ।

सुरज सुनुवारको निर्देशनमा तयार हुने फिल्ममा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ४ वटा फिल्ममा सम्झौता गरेपनि ति फिल्महरुको बन्ने नबन्ने टुंगो नलागेपछि मोडल नीतिले उक्त फिल्मबाट सिने नगरीमा डेब्यु गरेकी हुन्।

निर्देशक सुनुवारकै लेखनमा तयार हुने फिल्मलाई नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेका हुन्। फिल्ममा कार्यकारी निर्माता डायमन्ड उप्रेती रहेका छन। शिशिर बिसंखेले छायाङ्कन गर्ने फिल्मको छायाँकन सुरु भई सकेको छ । केहि दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ। दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन हुनेछ । फिल्मको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ।

प्रतिक्रिया दिनुहोस्