‘दयारानी’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। फिल्मक निर्माण टिमले केहि दिन अघि फिल्ममा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गर्दै प्रचार सुरु गरिसकेको थियो।  अब भने प्रचारलाई तिव्र बनाउँदै निर्माण टिमले फिल्मको टिजर दर्शकमाझ ल्याएको हो। सार्वजनिक १ मिनेट ४६ सेकेन्ड लामो टिजरमा फिल्म मुख्य पात्र दयाहाङ र दीयालाई देख्न सकिन्छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण फिल्मलाई अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको हो। यसै फिल्मबाट माओत्से गुरुङले फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। फिल्म माघ २६ गतेबाट देशभर प्रदर्शन हुदैछ।

फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्