कलाकारको जम्बो टोलीका साथ ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक



रंगखबर, काठमाडौँ: विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको सङ्गीत छ ।

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ । भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन छ ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन् ।

गायक पौडेलले अन्य गायक गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक् शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौँ छप्प नाचौँ’ सार्वजनिक गरिएको बताए । ‘कहीँ कतै पार्टीतिर नाच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाच्ने खालका मौलिक गीत नै छैनन्’,गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि स्क्रिप्ट लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको जिकिर गर्नुभयो । महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको तारिफ गर्नुभएको थियो । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस समीक्षा कृतिमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्यमात्र होइन, कृतिलाई जीवन्त बनाउने श्रेणीमा पर्दछन् ।’

यस्तै, प्रा.पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको बताउनुभयो । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उहाँले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राख्नुभयो ।

प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । आफूले कथामा पनि आफ्नो परिवेश र आफ्नै वरिपरिका विषयवस्तुलाई प्राथमिकता दिँदै आएको बताउँदै भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राख्नुभयो । पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताउनुभयो । गीतकार गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गीता अधिकारीले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेर कुशल कार्यसम्पादन गर्नुभएकी गीतको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याउनुभएको हो । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

तस्बिर : सुरेन्द्र थापा

 

प्रतिक्रिया दिनुहोस्