कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाईसमेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द शृजना, मनोज चौलागाईकोसंगीत तथा एरेन्जमा तयार भएको गीतमामिक्सिगं तथा मास्टरिङप्रकाश मिश्रको रहेको छ ।धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको सार्वजनिक गीतको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । काठमाडौँका रमणीय स्थलमा छायांकन गरिएको भिडियोको सम्पादन, कलरिगं गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका बिदार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी,जे जे पर्छ पर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । त्यस्तै गायक पाण्डेले फिल्म बाह्र मासेको ढिक्के फुली बोलको गीतमा पनि स्वर दिएका छन् । सार्वजनिक गीत म्यूजिक बिट नामक च्यानलबाट बजारमा आएको हो ।

January 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
प्रतिक्रिया दिनुहोस्