‘सतीदेवी’को चर्चासँगै लक्ष्मणले गरे ‘पार्वती’को घोषणा



रंगखबर, काठमाडौँ: सामाजिक कथाबस्तुमा आधारित फिल्म ‘सतीदेवी’ प्रदर्शनको संघारमा छ। प्रदर्शन अघिनै फिल्मले दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि हात पारी सकेको छ । रंग पत्रकार लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशन रहेको‘सतीदेवी’को चर्चा चलि रहदा उनै लक्ष्मणले आफ्नो आगामी फिल्मको घोषणा गरेका छन। लक्ष्मणले आफ्नै निर्माण तथा निर्देशनमा ‘पार्वती: गाउँले केटी मो’ को घोषणा गरेका हुन्। उनले फिल्मको थिम पोस्टर रिलिज गर्दै फिल्मको औपचारिक घोषणा गरेका हुन्।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहने फिल्मका निर्माताका रुपमा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति बन्ने फिल्म जेठबाट छायांकनको तयारीमा रहेको छ। ‘पार्वती’को प्रदर्शन भने २०८१ सालको महाशिवरात्रिमा गर्ने तय गरिएको छ । पार्वतीपनि सामाजिक कथाबस्तुमा आधारित रहेर बन्ने निर्देशन सुबेदीले जानकारी दिएका छन

प्रतिक्रिया दिनुहोस्