नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिन’को प्रदर्शन मिति सार्वजनिक



रंगखबर, काठमाडौँ: सरस्वती पूजा को अबसर पारेर चलचित्र सलिनको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रदर्शनको घोषणा संगै मितिसंगै चलचित्रमा प्रयुक्त सरस्वती माता सँग आशिर्वाद लिदै गरएको दृष्य समेत सार्वजनिक छ ।

चलचित्रलाई श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रा. ली.को तर्फबाट मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् भने ट्रेलर ओएसआर डिजिटलबाट रिलिज हुनेछ ।

सलिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको चलचित्र हो । यो सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म हो । यसमा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन् ।

सलिना यहि चैत्र १६ मा नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा आउनेछ । यसका मुख्य दर्शकहरु प्राय मल्टिप्लेक्सका हुने भएकाले यसलाई पहिलो चरणमा यस्ता थियटरमा रिलिज गर्न लागिएको र क्रमश अन्य सिंगल थियटरहरुमा पनि यसको शोहरु बढाउँदै लाने निर्माण पक्षले जानकारी दिएको छ । यसका साथै यस चलचित्रको दोस्रो अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ भने यहि हप्ता दोश्रो टिजर पनि ओएसआर डिजिटलबाट रिलिज हुँदैछ । यो चलचित्रलाई तेजस राज जोशीले निर्देशन गरेका हुन् । तेजस राज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यस चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन् । ग्राफिक कलाकारहरु सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर हुन् । चलचित्रको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिन सुन्दर प्रधानले गरेका छन् ।

चलचित्रले राजकुमारी सलिनाको कथा बताउँछ । उनी अरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउनको लागि विभिन्न तालिम लगायतका यात्रा सुरु गर्छिन् ।
रेनमेकर एनिमेसन एकेडेमी काठमाडौं बालाजुमा अवस्थित नेपालको एक प्रतिष्ठित एनिमेसन र भिजुअल इफेक्टस् एकेडेमी हो । जसले विगत १० बर्ष देखि थ्रिडी एनिमेसन र भिजुअल इफेक्टस् संवन्धि तालिम प्रदान गर्दै आएको छ । रेनमेकर एनिमेसन एकेडेमी करियर बेस कोर्समा केन्द्रित छ । रेनमेकर एनिमेसन एकेडेमीबाट स्नातक गरेका विद्यार्थीहरू हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय भिएफएक्स स्टुडियोहरूमा काम गरिरहेका छन् । अब एकेडेमीले चलचित्र निर्माणमा पाइला टेकिसकेको छ र भविष्यमा पनि अन्य चलचित्र निर्माणको कार्य गर्ने योजनामा छ । एकेडेमीले रेनमेकर ब्यानरबाट एनिमेसन र लाइभ एक्सन भिजुअल इफेक्टमा उत्कृष्ट भएका विद्यार्थीलाई फिल्म निर्देशनमा समेत मौका दिने योजना बनाएको छ । यसमा चलचित्र निर्माणको जिम्मेवारी भने एकेडेमीकै हुनेछ ।

यो चलचित्रमा आवाज दिने कलाकारहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार लगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्