फ्राईडे रिलिज: ‘गोर्खा वारियर’लाई सोलो रिलिजको मौका



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट मिलन चाम्स निर्देशित फिल्म गोर्खा वारियर प्रदर्शनमा आएको छ।  प्रिमियरमा राम्रो चर्चा बटुलेको फिल्म सन १९४९ को युद्धको सत्य घटनामा आधारित छ।

लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स र रियर राई सहित रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फागुन ११ गते रिलिज हुने फिल्ममा प्रशान्त थापा कार्यकारी निर्माता र सुरेश राई सहनिर्माताका रुपमा देखिएका छन। फिल्मलाई सुस्मिता वाइवा र सुमन राईले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्