अनुपम खेरले गरे ‘गोर्खा वारियर’को प्रशंसा



रंगखबर, काठमाडौँ: बलिउडका चर्चित कलाकार अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलरको प्रशंसा गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले ट्रेलरको प्रशंसा गरेका हुन् । उनले, निर्देशक मिलन चाम्सको समेत नाम उल्लेख गर्दै ट्रेलर आफूलाई निकै मन परेको समेत   लेखेका छन् ।

शुक्रबारदेखि रिलिजमा आएको फिल्मले दुई दिन औषत व्यापार गरेको छ भने केही शहरहरुमा  फिल्मको व्यापार सुखद रहेको छ ।

विशेषगरि, फिल्म हेर्नका लागि लाहुरे र गोर्खाली सैनिकको पृष्ठभूमि भएका परिवारका सदस्यहरू बढी हलमा पुगेका छन् । शनिबार काठमाडौंका केही हल र धरानका हलमा दर्शकको चाप धेरै राम्रो देखिएको थियो ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको मेकिङको प्रशंसा पनि भइरहेको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, रेअर राई, कविता आले लगायतका कलाकारको अभिनय छ ।

फिल्मको टिमले बेलायत र नेपालका ३ शहरमा प्रिमियर समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्