समीक्षाको ‘डिजेल गाडी’मा देबेन्द्र र करिष्मा



रंगखबर, काठमाडौँ: गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ ।

नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ ।

शनिबार नेपमेलो युटुयुव च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ ।

भिडियोलाई सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्

प्रतिक्रिया दिनुहोस्