२७ दिनमा ‘इश्वर’ को इन्ड क्ल्याप



रंगखबर, काठमाडौँ : राजु गिरीको निर्देशन रहेको फिल्म ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुब थापा अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्