‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग जोडी बाध्ने



 

रंगखबर, काठमाडौँ : नायिका नीति शाहसँग फिल्म ‘रुखान’मा नायक आर्यन अधिकारीले जोडीपक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निर्माणपक्षले आर्यनलाई भित्राएको हो ।

अब, फिल्मको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही बर्षदेखि फिल्ममा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो फिल्म विशेष हुनेछ ।

यो फिल्मलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । फिल्ममा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्