दोश्रो सातामा ‘महाजात्रा’,पहिलो हप्ता ६ करोड २४ लाखको कमाइ



रंगखबर, काठमाडौँ :  फिल्म ‘महाजात्रा’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो साता देखिनै राम्रो व्यापार गर्दै दोस्रो साताको यात्रा तय गरेको हो ।

यो फिल्मले रिलिजको पहिलो दिन१ करोड २३ लाखको ओपनिङ गर्दै शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा एक हप्ताको कमाईग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएका छन् ।

यो फिल्मले विश्व बजार, डिजिटल मार्केटबाट पहिले नै लगानी उठाइसकेको थियो । शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले १० करोडको आँकडा कटाउने प्रक्षेपण गरिएको छ ।हलमा  दर्शकको चाप र ‘वर्ड अफ माउथ’ले गर्दा  फिल्मलाई झन् साथ मिलिरहेको छ  । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई सुपरहिट घोषणा गरिसकेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म सुपरहिट भइसकेको छ । अब, फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्छ या गर्दैन, त्यसका लागि भने केही साता पर्खिनुपर्ने हुन्छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । ‘महाजात्रा’ यो बर्षको छैटौँ हिट फिल्म समेत बनेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्