फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय



रंगखबर, काठमाडौँ :राजु गिरीको निर्देशनमा  रहेको फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाईमिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भुमिकामा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।

फिल्मको पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड छन् । ध्रुवबाहेक अन्यको अनुहारमा त्रासको भाव देखाइएको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

फिल्मको सम्पूणर् छायाङ्कन, पोखरा, हेम्जाकोट गरेको छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्