अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फर्स्ट लुक पोस्टर रिलिज



रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता केसीको जन्मदिनको अवसर पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। अनमोल केसी फिचर्ड उक्त पोस्टरमा अनमोल सोचिरहेको देख्न सकिन्छ। दुई फरक अवस्थामा चित्रित गरेर बनाइएको पोस्टरमा उनलाई कतै हिडी रहेको पनि देख्न सकिन्छ। झट्ट हेर्दा टाईम मेसिनको झल्को दिने पोस्टर निकै आकर्षक पनि बनेको छ।

रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्मा रोहित र ओम अग्रवालको लगानी रहेको छ । सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहेका छन ।

फिल्मले यहि जेठ १० गतेलाई प्रदर्शन मिति तय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्