‘बोक्सीको घर’को ‘बुझिन मैले’ सार्वजनिक



रंगखबर, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’को ‘बुझिन मैले’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा फिल्मका मुख्य पात्रहरु केकी अधिकारी, सुलक्षण भारती र रमा थपलियालाई देख्न सकिन्छ। गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको आवाज रहेको छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकी अधिकारी र सुलक्षण भारतीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ । फिल्म वैशाख १४ गतेबाट देशभर प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्