‘डिग्री माइला’ चैत्र ३० मै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने



रंगखबर, काठमाडौँ: दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’ नेपाल रिलिज मितिमै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने भएको छ। अबभने अष्ट्रेलिया र अमेरिकाका दर्शकले फिल्मलाई चैत्रको ३० अर्थात् अप्रिल १२ गते नै हेर्न पाउने भएका छन। निर्माण टिमले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै रिलिज डेटबारे जानकारी दिएको हो।

फिल्मलाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

अष्ट्रेलियामा buyonlineticket.com.au बाट फिल्मको टिकट काट्न सक्नेछन् । यसैगरी यो अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राईका साथै आँचल शर्मा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

हुन त यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्