‘बोक्सीको घर’को ट्रेलरलाई दर्शकको साथ



रंगखबर, काठमाडौँ: अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलरले दर्शकको साथ पाएको छ।  हिजो आईतबार मात्र सार्वजनिक भएको फिल्मको ट्रेलर अहिले युटुवको मुभि सेसनको ट्रेन्डिङ्ग अन्तर्गत शिर्ष स्थानमा रहेको छ।  यो समाचार तयार गर्दा सम्म फिल्मको ट्रेलरले करिब साढे ३ लाख भिउज कमाइ सकेको छ।

केकी अधिकारी फिल्म्स र बद्रि अधिकारीले निर्माण गरेको फिल्मले ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेन्डिङ्गको शिर्ष स्थानमा पुग्नु फिल्मप्रति दर्शकमाझ भएको आर्कषण देख्न सकिन्छ। त्यसो त् फिल्मको टिजरले पनि दर्शकको राम्रो साथ पाएको थियो। गत साता मात्र रिलिज गरिएको फिल्ममा समावेश बुझिन मैलेले १० लाख भन्दा बढी भिउज कमाइ सकेको छ।

फिल्ममा केकी अधिकारीका साथै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

आगामी वैशाख १४ गतेबाट प्रदर्शन हुने फिल्ममा लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ। फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्