‘ज्वाइँ साब’मा हिमेश पन्तको इन्ट्री



रंगखबर, काठमाडौँ: केहि दिन अघि हाँस्यकलाकार जितु नेपाल र मोडल नीति शाह अनुबधित भएको फिल्म ‘ज्वाइँ साब’मा हाँस्य कलाकार हिमेश पन्तको प्रवेश भएको छ। हिमेश र निर्माण टिमबिच फिल्मका लागि कागजी संझौता भइसकेको छ ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण फिल्मलाई राज कुमार पण्डितले निर्माण गर्नेछन।

बसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल भने  फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

केहि दिन अघिमात्र घोषणा भएको फिल्म वैशाख १५ गतेबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी दिएका छन भने फिल्मलाई आगामी तिहारको अवसरमा रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ।

फिल्मको कथा सामाजिक कथावस्तुमा कमेडीलाई साथ राखेर बनाईने जानकारी पनि निर्माण टिमले दिएको छ।

प्रतिक्रिया दिनुहोस्