फ्राइडे रिलिज: ‘डिग्री माईला’ र ‘द रेड सुटकेस’ हलमा



रंगखबर, काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत देशभर दुई वटा फिल्म रिलिज भएका छन। आजबाट रामबाबु गुरुङ निर्देशित डिग्री माईला: एमए थर्ड क्ल्यास र फिडल देवकोटा निर्देशित द रेड सुटकेस।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको डिग्री माइलाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । फिल्ममा दयाहाङ राई र आँचल शर्माका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । फिल्मलाई बासुरी फिल्म्सले निर्माण गरेको हो।

उता सौगात मल्ल, बिपिन कार्की, प्रविन खतिवडा र शृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म द रेड सुटकेस भने एक पिकअप ड्राभरको कथा हो जसले विदेशमा मृत्यु भएका व्यक्तिहरुको बाकस उनीहरुको आफन्त सम्म पुर्याउने जिम्मा पाएको हुन्छ। हरर मिष्ट्री फिल्मले अन्तराष्ट्रिय अवार्डहरु जिती सकेको छ।

प्रतिक्रिया दिनुहोस्