‘ज्वाइँ साब’मा विल्सन विक्रम राई को प्रवेश



रंगखबर, काठमाडौँ: केहि दिन अघि हाँस्यकलाकार जितु नेपाल, मोडल नीति शाह र हिमेश पन्त अनुबधित भएको फिल्म ‘ज्वाइँ साब’मा हाँस्य कलाकार विल्सन विक्रम राई को प्रवेश भएको छ। विल्सन र निर्माण टिमबिच फिल्मका लागि कुराकानी भइ रहेको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्ममा विल्सनको भूमिका पावरफूल छ ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण फिल्मलाई राज कुमार पण्डितले निर्माण गर्नेछन।

बसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल भने  फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

केहि दिन अघिमात्र घोषणा भएको फिल्म वैशाख १५ गतेबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी दिएका छन भने फिल्मलाई आगामी तिहारको अवसरमा रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ।

फिल्मको कथा सामाजिक कथावस्तुमा कमेडीलाई साथ राखेर बनाईने जानकारी पनि निर्माण टिमले दिएको छ। विल्सन पनि फिल्ममा अनुवन्धित भएपछि यसपटक दर्शकले कमेडीको भरपुर आनन्द यो फिल्ममा लिन पाउनेछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्