‘पूर्ण बहादुरको: सारङ्गी’को घोषणा



रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को बन्ने भएको छ। शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको फिल्मको औपचारिक घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ- तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ?

सेभेन सिज सिनेमाजको ब्यानरमा बन्न लागेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ।  फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।

फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ।  फिल्मका कलाकार र प्राविधिकहरुको भने अहिले सम्म टुङ्गो लागिसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्