चर्चामा ‘फर्की फर्की’को ट्रेलर



रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’लाई दर्शकले वेग्र प्रतिक्षा गरिरहेका छन। केहि दिन अघिमा सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले औंधी मन पराइरहेका छन। फिल्मको ट्रेलरलाई २४ घण्टा नबित्दै दर्शकले १० लाख पटकसम्म हेरी सकेका थिए। उक्त माया अझै बढ्ने क्रममै छ। यो समाचार तयार गर्दा सम्म फिल्मको ट्रेलरलाई दर्शकले करिब साढे १९ लाख पटक हेरिसकेका छन। फर्की फर्कीको ट्रेलरको चर्चा भईरहदा लामो समयपछि नेपाली फिल्मको ट्रेलरलाई लिएर दर्शक उत्साहित भएको देखिन्छ। अनमोलको क्रेज र चलिरहेको नेपाली फिल्मको कथा भन्दा छुट्टै फ्लेवरमा बनेको फिल्म हेर्न दर्शकपनि उत्साहित रहेका छन अहिले।

टाईम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको फिल्मको ट्रेलर निकै फरक देख्न सकिन्छ। यसै फिल्मबाट अनमोल केसी र जसिता गुरुङले पहिलो पटक स्क्रिन सेयर पनि गर्दैछन।

रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्मा रोहित र ओम अग्रवालको लगानी रहेको छ । सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहेका छन ।

फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्मले यहि जेठ १० गतेबाट प्रदर्शन हुदैछ।

फिल्म यहि जेठ १० गते बुद्ध जयन्तीको दिन प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्