‘एक्टर’को शुभ मुर्हत सम्पन्न



रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टर’को शुभ मुर्हत गरिएको छ। मङ्गलबार निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पुजा आजा तथा ग्रह शान्ति गर्दै फिल्मको शुभ मुर्हत गरेको हो। मुर्हत तथा ग्रहशान्ति पुजामा अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा र नव अभिनेत्री दिव्या रायमाझीका साथै फिल्मका अन्य टिमहरु उपस्थित थिए।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।

फिल्मको छायांकन वैशाख २० गतेबाट सुरु हुने जानकारी निर्माण टिमको रहेको छ । फिल्मलाई  कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् । अभिनेता दिलिप रायमाझीको छोरी दिव्याले यसै फिल्मबाट सिने नगरीमा डेब्यु गर्न लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्