‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक



रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक देख्न सकिन्छ। रोमन बज्राचार्य र निकिता थापाको आवाज रहेको गीतमा रोमन बज्राचार्यकै शब्द/संगीत रहेको छ। किरण थापाको कोरियोग्राफी रहेको गीतलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।

रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्मा रोहित र ओम अग्रवालको लगानी रहेको छ । सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहेका छन ।

फिल्ममा अनमोल र जसिताका अलावा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्मले यहि जेठ १० गतेबाट प्रदर्शन हुदैछ।

त्यसो त् फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फिल्मको हाईप ह्वात्तै बढेको छ।

प्रतिक्रिया दिनुहोस्