सर्यो जेठ १० रिलिज हुने भनिएको पूजाको ‘दान्भी’



रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘दान्भी’ तय गरिएको मितिमा प्रदर्शन नहुने भएको छ। आइतबार फिल्मकि मुख्य अभिनेत्री पूजा शर्माले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै फिल्म पोस्ट पोण्ड भएको जानकारी दिएकि हुन्।

उनले लेखेकी छिन ‘प्रिय दर्शकहरु, हामीलाई थाहा छ तपाइहरु हाम्रो फिल्म ‘दान्भी’को प्रतिक्षा गरिरहनुभएको छ । दर्शकलाई अब लामो समय कुराउन हुँदैन भन्ने पनि हामीलाई थाहा छ । तर, फिल्म निर्माण गर्दा एउटा निर्माताको जुन खालको मिहिनेत र लगानी हुन्छ, त्यसले प्रतिफल पाउन पनि आवश्यक छ । म आफै पनि एक निर्मात्री भएकाले यो भावना वुझेकी छ । यसअघि हामीले जेठ १० गते फिल्म रिलिजको घोषणा गरेका थियौं । तर, यो मितिमा तीन वटा फिल्म रिलिज हुने भएपछि हामीले एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं । भोलि हामी ‘दान्भी’को नयाँ मिति घोषणा गर्ने तयारीमा छौं । तपाइहरुको माया र साथ यसअघि जसरी पाएको थियौं, त्यस्तै माया पाउने अपेक्षा छ । जेठ १० मा रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना ।’

फिल्म कहिले रिलिज हुने भए उनले जानकारी दिएकि छैनन्।

रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माता तथा सह–निर्मातामा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् ।

फिल्ममामा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको संगीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।

जुना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा पूजा शर्माका साथै कुन्साङ बोमजमको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्