‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले प्रचारलाई तिव्र बनाउदै फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई केन्द्रमा रखिएको छ।

सुरज सुनुवारले निर्देशन गरेको फिल्ममा  रेयरर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई लगायत कलाकारको पनि अभिनय रहेको छ ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता रहेका  छन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्।

शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरूङको सम्पादन छ। ‘खजुरे ब्रो’लाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया दिनुहोस्