पूजाको जन्मदिनमा ‘दान्भी’को रिलिज डेट तय



रंगखबर, काठमाडौँ: पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को नयाँ रिलिज डेट फिक्स गरिएको छ।  अभिनेत्री शर्माको जन्मदिनको अवसर पारेर निर्माण टिमले नयाँ मिति तय गरेको हो।  अब भने फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । सो डेटमा अहिले सम्म कुनै पनि फिल्मको रिलिज डेट नतोकिएको भएकाले पनि फिल्मले सोलो रिलिजको मौका पाउने भएको छ।

निर्माण टिम र वितरक करण श्रेष्ठको छलफलपछि सो डेटमा फिल्म रिलिज गर्न लागेको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताका रुपमा पवन राना मगर रहेकाक छन । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरले दर्शकको उच्च साथ पाएको छ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्माको एक्सनले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्