विराजको ‘१२ गाउँ’मा मुख्य अभिनेत्री रुपमा सनिशाको प्रवेश



रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘१२ गाउँ’मा मुख्य अभिनेत्री फाइनल भएको छ। फिल्ममा मोडल  सनिशा भट्टराईले मुख्य भूमिका निभाउने जानकारी विराजले दिएका छन। सामाजिक संजाल फेसबुकमा सनिशा र आफ्नो तस्बिर सेयर गर्दै विराजले उक्त कुराको जानकारी दिएका हुन्।

उनि लेख्छन  ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

त्यसै गरि सनिशाले पनि सामाजिक सन्जालमा स्ट्याटस लेख्दै फिल्ममा प्रवेश गरेको जानकारी दिएकि छिन।
उनि लेख्छिन ‘कलाकारिता क्षेत्रमा आउने इच्छा आकांक्षा लाई आत्मसात गर्दै कलाकार बन्ने उदेश्य का साथ जब मैले म्युजिक भिडियो मा काम गर्न सुरु गरे सुरुवाती चरणमा नै तपाइहरु आम दर्शक श्रोता को माया पाएकि छु त्यसमा मैले आफुलाइ भाग्यमानी सम्झन्छु।🙏 तपाइहरूको तेही माया साथ र आशिर्वाद को कारण ले नै मैले आफनो कलाकारिता क्षेत्रको एक पाइलो अगाडी सार्ने अर्को सौभाग्य प्राप्त गरेकी छु | नेपाली चलचित्र का सफल निर्माता, कलाकार बिराज भट्ट जिउ द्वारा निर्देशित निर्माण हुन लागेको चलचित्र १२ गाउँ मा मुख्य नायिका को रुप मा अभिनय गर्ने सौभाग्य प्राप्त गरकी छु , यसको सम्पुर्ण श्रेय मेरा आम दर्शक श्रोता र १२ गाउँ निर्माता निर्माण टिमलाइ दिन चाहान्छु। जस्को कारणले यति ठुलो बिस्वास म माथि गर्नुंभयो |हजुर हरुको आशिर्वाद र सल्लाह सुझाव का करणले नै म आज जहाँसम्ममा आएकी छु यो भन्दा धेरै अगाडि सम्म हिड्ने चाहना छ र त्यो चाहनामा जसरी मेरो सुरुवाती चरणमा माया र साथ आशिर्वाद दिनु भयको छ तेसरी नै पछि सम्म पनी दिनुहुनेछ भन्ने विश्वास लिएकी छु |
उही तपाइहरुले मन पराइिदनु भएको आउदै गरेकी कलाकार सनिषा भट्टराई ।❤️

त्यसो त् फिल्ममा यसअघि पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कापनि अनुवन्धित भइसकेकी छन। विराजका छोरा समीर भट्ट पनि मुख्य भूमिकामा तय भैसकेका छन् । डेब्युको हिसाबले सनिशा र न्यान्सीका लागि ‘१२ गाउँ’ महत्वपूर्ण हुने अपेक्षा छ ।

फिल्मको छायांकन  नेपाल र भारतमा हुने जानकारी निर्माण टिमको रहेको छ।

प्रतिक्रिया दिनुहोस्