प्रकाशको निर्देशनमा ‘बसन्त’ बन्ने



 

रंगखबर, काठमाडौँ: गायक प्रकाश सपुतले फिल्म निर्देशन गर्ने पक्का भएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सपुतले फिल्मको घोषणा गरेका हुन्। सपुतकै लेखन निर्देशन तथा अभिनय रहने फिल्मको नाम ‘बसन्त’ राखिएको छ। कार्यक्रममा ५ मिनेटको भिडियो सार्वजनिक गर्दै फिल्मका कलाकार तथा निर्माण टिमको जानकारी गराइएको हो।

गलबन्दी प्रोडक्सनको ब्यानर तह प्रकाश सपुतले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म जातीय विभेदको कथामा बन्ने छ। मोहन बिश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचन निर्माता रहेको फिल्मलाई प्रकाशकै भाई सुनिल बिकले  मुख्य सहायक निर्देशन गर्दै छन।

आगामी चैते दशैँबाट रिलिज गरिने फिल्म भदौबाट फ्लोरमा जानेछ। फिल्ममा प्रकाशलाई अभिनेत्रीको रुपमा स्वस्तिमा खड्काले साथ दिने भएकी छन। त्यसै गरि फिल्ममा कमलमणी नेपाल, अनुप बराल, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ।

प्रतिक्रिया दिनुहोस्