लक्ष्मणको ‘सतीदेवी’ साउन ४ गतेबाट रिलिज हुने



रंगखबर, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को रिलिज डेट फिक्स भएको छ। अब भने फिल्मलाई साउन ४ गतेबाट रिलिज गर्ने निर्माण टिमले जनाएको छ। मलिका महतको मुख्य भूमिका रहेको सोसियल ड्रामा बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको छ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्मले यस अघि ग्रामीण चलचित्र महोत्सवमा फिल्म, पटकथा र अभिनेतृ विधामा जित हासिल गरेको थियो । फिल्मले विशेष प्रदर्शनमा उत्कृष्ट प्रतिक्रिया पनि पाइसकेको छ।

श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माताको रुपमा रहेको फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन छ ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

फिल्मलाई उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्