‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ जेठ १९ हुदै



रंगखबर, काठमाडौँ: गोपीकृष्ण मुभिजका सञ्चालकद्वारा आयोजना गरिने ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’को नयाँ शृङ्खला यही आउँदो जेठ १९ गते हुने भएको छ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलीलाई उत्थान’ भन्ने नारासहित विसं २०६९ सालमा यो अवार्ड कार्यक्रम सुरु भएको हो ।

‘गएको वर्ष विसं २०८० मा प्रदर्शन भएर हामी कहाँ अवार्डमा सहभागी चलचित्र मध्येबाट निर्णायकले छनोट गर्नुभएको २३ प्रतिष्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा पुरस्कृत तथा सम्मानित हुनेछन्,’ आयोजकले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस शृङ्खलाबाट अवार्डमा ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक र ‘उद्धव’ दीर्घसाधना सम्मान पनि थप गरिएको छ ।
अवार्ड व्यवस्थापन गरिरहेको गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्राइभेट लिमिटेडले अवार्डलाई सभ्य र भव्य बनाउँदै स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागितामा नेपालमा चलचित्र छायाङ्कनको सम्भाव्यताको विषयमा जेठ २० मा ‘सुटिङ डेस्टिनेशन इन नेपाल’ शिर्षकमा छलफल समेत गराउने भएको छ । ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा निम्नलिखित विधामा अवार्ड प्रदान गरिनेछ ।

१.‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२. ‘शुभ’ सर्वोत्कृष्ट पार्श्व संगीत गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
३. ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ) गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
४. ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
थ. ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
६. ‘किरण’ सर्वोत्कृष्ट गीतकार गोपीकृष्ण राष्ट्रिय चलनचत्र पुरस्कार
७. उदित’ सर्वोत्कृष्ट पार्श्व गायन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
८. ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङगीतकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
९.‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१०. ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
११. ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१२. ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१३. ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१४. ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१५. ‘पुष्कर’ सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१६. ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१७. ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१८. ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१९. ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२०.‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२१. ‘उद्धव’ दीर्घसाधना सम्मान गोपीकृष्ण रास्ट्रिय चलनचत्र पुरस्कार
२२.‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२३. ‘शिव’ सर्वोत्कृष्ट अभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२४. ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२५. ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

प्रतिक्रिया दिनुहोस्